काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

खप्तड गोल्डकप : हिमालयन शेर्पा र नव जन जागृति भिड्दै

10.88K
shares

पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा आज शनिबार एक खेल हुँदैछ । धनगढी रंगशालामा हुने खेलमा हिमालयन शेर्पा क्लब र नव जन जागृति युवा क्लबबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

ए डिभिजन क्लब हिमालयन आज मोफसलको टोली जन जागृतिलाई हराएर अर्को चरणमा पुग्न चाहन्छ । जागृति पनि हिमालयनलाई हराएर अर्को चरणमा पुग्न लक्ष्य लिइरहेको छ ।

यस अघि प्रतियोगिताको उद्घाटन खेलमा मनाङ मर्स्याङ्दी क्लबले भारतको दिल्ली फुटबल क्लबलाई हराएको थियो ।  त्यस्तै दोस्रो खेलमा बागमती युथ क्लबले न्युरोड टिम एनआरटीलाई पेनाल्टी सुटआउटमा हराएको छ ।