global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ युक्रेनको आक्रोश – रुसी सेनालाई समाप्त पारिदिन्छौं

युक्रेनको आक्रोश – रुसी सेनालाई समाप्त पारिदिन्छौं

युक्रेनको आक्रोश – रुसी सेनालाई समाप्त पारिदिन्छौं

युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले युरोपको आकासमा हवाई प्रतिबन्ध नलगाएको भन्दै पश्चिमा देशहरुको आलोचना गरेका छन् । राष्ट्रपति जेलेन्स्कीका एकजना सल्लाहकारले रुससँग लड्न आफूहरुले विशेष रणनीति बनाएको भन्दै रुसी सेनालाई परास्त गर्ने दाबी गरेका छन् ।

रुसले आक्रमण गरेदेखि युक्रेनले आफ्नो देशको आकाशमा ‘नो फ्लाई जोन’ बनाउन माग गर्दै आएको छ । तर यसो गर्दा रुस–युक्रेन युद्ध अन्य देशमा पनि फैलिन सक्ने भन्दै नेटो गठबन्धले ‘नो फ्लाई जोन’ घोषणा गर्न अस्वीकार गर्दै आएको छ । यसप्रति युक्रेनका राष्ट्रपति जेलेन्स्कीले आक्रोश प्रकट गरेका छन् ।

एक भिडियो सन्देशमार्फत् युक्रेनी जनतालाई सम्बोधन गर्ने क्रममा उनले ‘नो फ्लाई जोन’ लागु नगर्दा युक्रेनमा रुस थप आक्रामक बन्दै जाने उल्लेख गरेका छन् । साथै उनले युक्रेनमा आक्रमण गर्न पश्चिमा देशहरुले रुसलाई लाइसेन्स दिएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

राष्ट्रपतिका एक सल्लाहकार एलेक्सेई एरेस्तोभिचले रुसी सेनालाई समाप्त पार्ने दाबी समेत गरेका छन् । फेसबुकमा एक लामो सन्देश पोष्ट गर्दै युक्रेनी सेना र जनताको प्रतिरोधले रुसी सेनालाई समाप्त पारिदिने दाबी गरेका हुन् ।

रुसी सेना बलियो नभई विशालमात्र रहेको भन्दै उनले लेखेका छन्, ‘हामीले एक खास रणनीति बनाएका छौं, जसको प्रभाव देखिएको छ ।’ उनले युक्रेन भाग्यले वा संयोगले मात्र नजोगिएको बताउँदै उनले भनेका छन्, ‘विदेशी रक्षा अधिकारी युक्रेनको सेनाको शक्ति र नेतृत्व देखेर चकित परेका छन् ।’

प्रकाशित समय : १४:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु