गृहपृष्ठ ग्रिनलाइन सेन्टरका सञ्चालक अग्रवाल पक्राउ
ग्रिनलाइन सेन्टरका सञ्चालक अग्रवाल पक्राउ
ग्रिनलाइन सेन्टरका सञ्चालक अमित अग्रवाल पक्राउ परेका छन् । उपत्यकाको कान्तिपथ र दरबारमार्गमा मदिरा बिक्री सेन्टर सञ्चाल गरिरहेका अग्रवाललाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले अग्रवाललाई नियन्त्रणमा लिएको हो ।
अग्रवाललाई केही दिनअघि बैकिङ कसुरको अभियोगमा नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ । लेनदेनसम्बन्धी उजुरीका आधारमा उनी पक्राउ परेका हुन् । अग्रवालले बैंक र व्यक्तिबाट करोडौं ऋण लिएका थिए । चारवटा बैंकमा उनको करिब एक अर्ब रुपैयाँ ऋण छ ।
पुसको अन्तिमसाता उनी परिवारका ९ सदस्यसहित नेपाल छोडेर भारत पुगेका थिए । त्यसपछि उनी माघ अन्तिमसाता काठमाडौं आएर पत्रकार सम्मेलन गर्दै परिवारका सदस्य बिरामी भएकाले सम्पर्कमा नरहेको बताएका थिए । 'अब डेरामा बसेर भए पनि ऋण तिर्दै व्यवसाय सञ्चालन गर्छु,' पत्रकार सम्मेलनमा उनले भनेका थिए ।
प्रकाशित समय : १९:४३ बजे



















