global ime bank Long Banner Ad

गृहपृष्ठ नयाँ कोका-कोला जेरो सुगर बजारमा

नयाँ कोका-कोला जेरो सुगर बजारमा

नयाँ कोका-कोला जेरो सुगर बजारमा

कोका-कोला नेपालले अझ स्वादिष्ट र स्फुर्तीदायक स्वादमा नयाँ कोका-कोला जेरो सुगर बजारमा ल्याएको छ । आइकोनिक क्लासिक कोकको जस्तै स्वाद भएको यो नयाँ कोका-कोला जेरो सुगर आकर्षक र नयाँ बोल्ड प्याकेजिङमा उपलब्ध छ । अब नेपाली उपभोक्ताहरुले नो क्यालोरी र जेरो सुगर कोका-कोलाको स्वाद लिन सक्नेछन् ।

व्यापक बजार परिक्षण र इन-हाउस इनोभेसन मार्फत बजारमा ल्याइएको कोका-कोला जेरो सुगर अझै शानदार प्याकेजिङ र उत्कृष्ट स्वादको साथमा आएको छ । नो सुगर पेय पदार्थ रुचाउने तर क्यालोरी नियन्त्रण गर्न चाहने मानिसहरुका लागि यो कोका-कोला जेरो सुगर अत्यन्तै उपयुक्त रहेको छ ।

सन् २००५ मा विश्वव्यापी रुपमा लन्च गरिएको यो कोका-कोला जेरो सुगरलाई कोका-कोला क्लासिकको जस्तै स्वाद दिनको लागि सन् २०१७ मा रिफर्मुलेट गरिएको थियो । नेपालमा यो २०१६ नोभेम्बरमा पहिलोपल्ट लन्च भएको थियो ।

लन्चको बारेमा बोल्दै कोका–कोलाका नेपाल कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने, 'हामी सदैव उपभोक्ताहरुको चाहना र आवश्यकता अनुसारको उत्पादनहरु नै बजारमा ल्याउने प्रयास गर्छौँ । यो नयाँ स्वाद र नयाँ प्याकेजिङ सहितको कोका-कोला जेरो सुगरलाई विश्वभरीकै उपभोक्ताहरुले मन पराउनुभएको छ र यसलाई नेपालमा पनि उपलब्ध गराउन पाउँदा हामीलाई खुशी लागेको छ । नेपाली उपभोक्ताहरुले पनि यो नयाँ कोका-कोला जेरो सुगरलाई मन पराइदिनुहुनेछ भन्ने हामीले विश्वास लिएका छौँ ।'

बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदिप पाण्डेलेले भने, 'आफ्नो व्यस्त जीवनशैलीलाई सुहाउने र स्वादमा सम्झौता गर्नु नपरी चिसो पेय पदार्थको आनन्द अनुभव गर्न चाहने समस्त युवा तथा अन्य उपभोक्ताहरुको लागि यो कोका-कोला जेरो सुगर अत्यन्तै उपयुक्त छ । संसारभरी नै अत्यन्त रुचाइएको यो कोका-कोला जेरो सुगरलाई नेपाली उपभोक्ताहरु सामु ल्याउन पाउँदा हामी उत्साहित छौँ ।'

नयाँँ कोका–कोला जेरो सुगर ५०० मि.लि. र २५० मि.लि.मा नेपालभर उपलब्ध छ ।
 

प्रकाशित समय : १९:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु