कांग्रेस खुला केन्द्रीय सदस्यको मतगणना जारी, अहिलेसम्म कसकाे कति मत ?
वि.सं.२०७८ पुस ४ आइतवार ००:४१
shares
नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार भएको निर्वाचनमध्ये आजदेखि केन्द्रीय सदस्य (खुला तर्फ ३५ जना) को मतगणना जारी रहेको छ । मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहानदेखि विभिन्न १२ समूहमा भइरहेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन समितिका अनुसार हालसम्म खुल्ला केन्द्रीय सदस्यको एक हजार १०० मत गणना भएको छ । खुला केन्द्रीय सदस्य ३५ पदका लागि ९९ जनाले उम्मेदवारी दिएका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि भएको मतदानमा जम्मा ४८७ ले उम्मेदवारी दिएका थिए । कांग्रेसमा जम्मा महाधिवेशन प्रतिनिधि (मतदाता) चार हजार ७४३ रहेका छन् ।
कुन उम्मेदवारको कति मत ?
१) डा. शशांक कोइराला–८८२
२) बालकृष्ण खाण–७९७
३) ज्ञानेन्द्रबहादुर कार्की–६७८
४) अर्जुननरसिंह केसी–६०२
५) सुनीलबहादुर थापा–६००
६) उदयशम्सेर राणा–७५१
७) एनपी साउद–६१३
८) कुन्दनराज काफ्ले–५९९
९) गुरु बराल–६०१
१०) गोपालमान श्रेष्ठ–६५७
११) गोबिन्द भट्टराई–५६६
१२) जितजंग बस्नेत–५१३
१३) जिपछिरिङ लामा–५८८
१४) दिनेश कोइराला–६१३
१५) दिलेन्द्रप्रसाद बडु–६८५
१६) नैनसिंह महर–५१४
१७) पध्मनारायण चौधरी–३९९
१८) बलबहादुर केसी–६९८
१९) इ. मोहन आचार्य–३९०
२०) मोहनबहादुर बस्नेत–६९१
२१) रमेश लेखक–७०३
२२) डा. रामशरण महत–६०९
२३) रामहरि खतिवडा–५७८
२४) लोकेश ढकाल–४५५
२३) शंकर ढकाल–३८८
२५) अजयबाबू सिवाकोटी–३९२
२६) अर्जुननरसिंह केसी–६०२
२७) सुरेन्द्र राज पाण्डे–५०१
२८) त्रैलोक्यप्रताप सेन–४६५
२९) टेकराज पौडेल–४१३
३०) तारणीदत्त चटौत–४६७
३१) केदार कार्की–३९६
३२) डा. सुरेशचन्द्र चालिसे–३८२
३३) धावा गुरुङ–३८६
३४) गणेश लामा–५८९
३५) मदन अमात्य–४०९
























