काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सहिद स्मारक ‘ए’ डिभिजन लिग : जावलाखेलको पहिलो जित

12.96K
shares

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा जावलाखेल युथ क्लबले पहिलो जित निकालेको छ । त्रिपुरेश्वरस्थित दरशथ रंगशालामा शनिबार भएको खेलमा च्यासल युथ क्लबलाई पराजित गर्दै जावलाखेलले तीन अंक जाेडेकाे हाे ।

३७औं मिनेटमा भारतीय खेलाडी निकोलस फर्नान्डेजले गरेकाे गोल जावलाखेलकाे जितकाे लागि निर्णायक बन्याे । खेलमा दुवै टिमले गाेल गर्ने पर्याप्त अवसर पाए पनि सदुपयाेग गर्न सकेनन् ।

 जितसँगै जावलाखेलले ५ खेलबाट ४ अंक जोडेर १०औं स्थानमा उक्लँदै रेलिगेसन जोन छाडेको छ । जावलाखेलले च्यासल, फ्रेन्ड्स र हिमालयन शेर्पालाई पछि पारेको हो । हारसँगै च्यासल ५ खेलबाट ४ अंक जोडेर ११औं स्थानमा झरेको छ ।