global ime bank Long Banner Ad

गृहपृष्ठ नबिल बैंक र दक्षिण कोरियाको स्टारेमिटबीच रेमिटेन्ससम्बन्धी सम्झौता

नबिल बैंक र दक्षिण कोरियाको स्टारेमिटबीच रेमिटेन्ससम्बन्धी सम्झौता

नबिल बैंक र दक्षिण कोरियाको स्टारेमिटबीच रेमिटेन्ससम्बन्धी सम्झौता

नबिल बैंकले दक्षिण कोरियाको स्टारेमिट कम्पनी लिमिटेडसँग रेमिटेन्स (विप्रेषण) सम्झौता गरेको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमबिच नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल केशरी शाह र स्टारेमिटका तर्फबाट अध्यक्ष रुद्र शर्माले सम्झौतामा हस्ताक्षर गरे ।

यस साझेदारीअन्तर्गत दक्षिण कोरियामा रहेका नेपाली प्रवासी कामदारहरुले नेपालमा रहेका आफ्नो परिवार, साथीभाइ र प्रियजनलाई सुरक्षित रुपमा रकम पठाउन सक्नेछन् । रेमिटेन्स गर्नेबित्तिकै नेपालभरका १५ हजारभन्दा बढी नबिल रेमिट एजेन्टमार्फत रकम प्राप्त गर्न सक्छन् । ट्रान्सफर गरिएको रकम नेपालको प्रख्यात वालेट सेवा प्रदायकहरुको माध्यमबाट समेत तुरुन्तै कुनै पनि बैंक खातामा जम्मा गर्न सकिने छ ।

आफ्ना रेमिटेन्स/विप्रेषण ग्राहकहरुका लागि रेमिटरहरुका लागि विशेष विशेषता सहितको बचत निक्षेप (सेभिङ डिपोजिट) खाता, स्वदेशी/विदेशी प्रयोगको लागि स्मार्ट डिजिटल बैंकिङ सेवाहरु र विशेष सरल कर्जा सुविधाहरु लगायतका थुप्रै सुविधा सहितका विस्तारित सेवाहरु प्रदान गरिँदै आएको बैंकले जनाएको छ । यसका साथै बैंकले आफ्नो रेमिटेन्स सहयोग केन्द्रमार्फत सबै रेमिटेन्ससम्बन्धी प्रश्नहरुका लागि प्राथमिकता सेवासम्बन्धी सहयोगसमेत प्रदान गर्नेछ ।

साझेदारी सम्झौता हस्तान्तरण समारोहमा बैंकका सीईओ शाह र स्टारेमिटका अध्यक्ष शर्माले सम्भावित दक्षिण कोरियाका प्रवासी कामदारहरुलाई भेलाको बारेमा उल्लेख गरे । उचित वित्तीय जागरुकता र बचतलाई सही ठाउँमा लगानी गर्ने निर्णय लिनुको महत्वको बारेमा उनीहरु दुवैले विशेष जोड दिए । विदेशबाट फर्किने कामदारहरुका लागि नेपालमा उपलब्ध अवसर एवं वित्तीय पहुँच र औपचारिक माध्यमहरुमार्फत विदेशबाट रकम पठाउनुु कसरी सुरक्षित हुन्छ र यसले व्यक्तिगत विकासको जग बसाल्न मद्दत गर्छ भन्ने कुराको बारेमा पनि कार्यक्रममा विशेष जोड दिइयो ।

प्रकाशित समय : २२:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु