global ime bank Long Banner Ad

गृहपृष्ठ जन्ती बोकेको जीप दुर्घटना हुँदा बैतडीमा ५ को मृत्यु

जन्ती बोकेको जीप दुर्घटना हुँदा बैतडीमा ५ को मृत्यु

जन्ती बोकेको जीप दुर्घटना हुँदा बैतडीमा ५ को मृत्यु फाइल

बैतडीमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । आइतबार राति ८ बजेतिर दशरथचन्द राजमार्गको गोठलापानी-झुलाघाट सडक खण्डको कलुवाडमोडमा जिप दुर्घटना भएको हो । दुर्घटनामा २ जना गम्भीर घाइते भएका छन् ।

दशरथचन्द नगरपालिका-२ को थलालगाउँबाट जन्ती बोकेर दशरथचन्द नगरपालिका-६, सिमायलतर्फ जाँदै गरेको म. १ ज ३१० नम्बर जिप दुर्घटनामा परेको जिल्ला प्रहरी प्रवक्ता इन्स्पेक्टर दर्शन खड्काले बताए । उनका अनुसार ५ जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा दशरथचन्द नगरपालिका-६ का ४८ वर्षका राजेन्द्रबहादुर चन्द, ३८ वर्षका धनबहादुर चन्द, ६५ वर्षका प्रेमबहादुर चन्द, ६५ वर्षका तारासिंह थापा र ५८ वर्षीय खेमसिंह कार्की रहेका छन् ।

दुर्घटनाको कारण खुल्न सकेको छैन । जीप सडकबाट ७ सय मिटर तल खसेको थियो ।

प्रकाशित समय : १३:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु