गृहपृष्ठ बैंक अफ काठमाण्डूका ग्राहकलाई सन स्टार होटलमा १० प्रतिशत छुट
बैंक अफ काठमाण्डूका ग्राहकलाई सन स्टार होटलमा १० प्रतिशत छुट
बैंक अफ काठमाण्डू लिमिटेड र सन स्टार होटलबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकहरुलाई १० प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको छ ।
यस सम्झौतापश्चात् ग्राहकहरुले सन स्टार होटलमा उपलब्ध हुने सम्पूर्ण सेवाहरुमा एकमुष्ठ १० प्रतिशत छुट पाउनेछन् । उक्त छुटको उपयोग गर्नका लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । सन स्टार होटलले भैरहवाबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।
बैंक अफ काठमाण्डू लिमिटेडले ९१ शाखा कार्यालय, ८१ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।
प्रकाशित समय : १८:४० बजे




















