global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ ग्लोबल आइएमई बैंकको २८७औं शाखा संखुवासभाको खाँदबारीमा

ग्लोबल आइएमई बैंकको २८७औं शाखा संखुवासभाको खाँदबारीमा

ग्लोबल आइएमई बैंकको २८७औं शाखा संखुवासभाको खाँदबारीमा

ग्लोबल आइएमई बैंक लिमिटेडले संखुवासभा जिल्लाको खाँदबारीमा शुक्रबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाको शुरुवातसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २८७ पुगेको छ ।

ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुकबाहिर बैंकिङ सेवाको पहुँच पुर्‍याउने उद्देश्यले ७६ जिल्लामा २८७ शाखा, २५२ एटीएम, २६३ शाखारहित बैंकिङ सेवा, ४८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८४० भन्दा बढी सेवा केन्द्रबाट २७ लाखभन्दा बढी ग्राहकमाझ सेवा प्रदान गरिरहेको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आइरहेको छ ।

प्रकाशित समय : १९:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु