global ime bank Long Banner Ad

गृहपृष्ठ कर्णाली प्रतिष्ठानका उपकुलपतिलाई कामकाजमा रोक नलगाउन अन्तरिम आदेश

कर्णाली प्रतिष्ठानका उपकुलपतिलाई कामकाजमा रोक नलगाउन अन्तरिम आदेश

कर्णाली प्रतिष्ठानका उपकुलपतिलाई कामकाजमा रोक नलगाउन अन्तरिम आदेश

पाटन उच्च अदालतले कर्णाली स्वास्थ्य विज्ञन प्रतिष्ठानका उपकुलपति डा. मंगल रावललाई कामकाजमा रोक नलगाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

स्वास्थ्य मन्त्री विरोध खतिवडाले मन्त्री स्तरीय निर्णयबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रावललाई कामकाज गर्न रोक लगाएका थिए । उनले उपकुलपतिको कामकाज गर्ने गरी डा. निमेश थापालाई जिम्मेवारी दिएका थिए ।

मन्त्री खतिवडा र स्वास्थ्य मन्त्रालयको निर्णयविरुद्ध उपकुलपति डा. रावलले दिएको रिटमा सुनुवाइ गर्दै पाटन उच्च अदालतका न्यायाधीश भोजराज अधिकारीको एकल इजलासले मन्त्रीको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

प्रकाशित समय : २३:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु