गृहपृष्ठ नेकपा माले महासचिवमा पुनः मैनाली
नेकपा माले महासचिवमा पुनः मैनाली
नेकपा मालेको महासचिव पुनः सीपी मैनाली निर्वाचित भएका छन् । चितवनमा सम्पन्न महाधिवेशनले मैनालीको नेतृत्वको ८१ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । पोलिटब्यूरो र स्थायी समिति केन्द्रीय समितिले चयन गर्नेछ ।
वि.सं २०३५ साल पुस ११ मा स्थापना भएको नेकपा मालेको संस्थापक महासचिव सीपी मैनाली हुन् । ०४७ सालपछि अन्य कम्युनिष्ट घटक र मालेबीच एकीकरण भएर नेकपा (एमाले) गठन भएको थियो ।
प्रकाशित समय : २३:५८ बजे


















