गृहपृष्ठ हुण्डी कारोबारमा संलग्न एकजना पक्राउ
हुण्डी कारोबारमा संलग्न एकजना पक्राउ
हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा कालिमाटी बस्ने सप्तरी मलेपुर गाउँपालिका-५ वतन भएका २५ वर्षीय अमर नारायण दासलाई नगद १६ लाख २० हजार ९ सय रुपैयाँसहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
कालिमाटी क्षेत्रमा हुण्डी कारोबार भईरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान विभाग पुल्चोक, ललितपुर पठाइएको उक्त महाशाखाले जनाएको छ ।
प्रकाशित समय : १९:०६ बजे



















