काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

कांग्रेस पदाधिकारी बैठक बस्दै, महाधिवेशनबारे छलफल गर्ने

7.19K
shares

सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बस्दैछ । प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा आज बैठक बस्ने देउवाको सचिवालयले जनाएको छ ।

बैठकमा आइतबार बस्ने पार्टीको केन्द्रीय समिति बैठकको तयारी र पार्टीको आसन्न १४औं महाधिवेशनबारे छलफल गर्ने तयारी रहेको बताइएको छ । महाधिवेशनको मिति पटक-पटक सर्दै आएकाले यसपटक पनि अन्तिम समयमा आएर सर्ने शंका उत्पन्न भएको छ । कांग्रेसको प्रदेश अधिवेशन मंसिर १६ र १७ तथा केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा गर्ने तयारी छ ।