ग्लोकल आफ्टर स्कुलद्वारा अनलाइन हाजिरीजवाफ प्रतियोगिताका लागि आवेदन माग
वि.सं.२०७८ कात्तिक २७ शनिवार १५:५३
shares

ग्लोकल आफ्टर स्कुलले किङ्स कलेजको सहकार्यमा ‘नलेज मेस्ट्रो किंग्स इडिसन’ एक दिने अनलाइन हाजिरी जवाफ प्रतियोगता आयोजना गर्ने भएको छ । प्रतियोगितामा १६ देखि २४ वर्षका युवावर्गहरुले सहभागी हुनसक्नेछन् । यस प्रतियोगिता युवाहरुको वौद्धिक क्षमतालाई विकास गराउने हिसाबले तयार गरिएको आयोजकले जनाएको छ । यसअघि प्रतियोगिताका तीन संस्करण सम्पन्न भइसकेका छन् ।
आयोजकका अनुसार यस प्रतियोगिता नोभेम्बर २७ तारिखका दिन सञ्चालन गरिनेछ । प्रतियोगिताका विजेता, फस्ट रनर अप र सेकेन्ड रनर अपले क्रमशः नगद १०, ५ र २ हजार प्राप्त गर्नेछन् । यसका साथै तीनै स्थान हासिल गर्नेले बीएसआइटीको ट्युशनमा शतप्रतिशत छात्रवृत्ति प्रदान गर्नेछन् । प्रतियोगिता एकल राउण्डमा सञ्चालन गरिने जनाइएको छ । प्रतियोगिताका लागि आवेदन खुलिसकेको र यसका लागि इच्छुक प्रतियोगीहरुले यही २५ नोभेम्बरसम्म https://glocalafterschool.com/kings/ मा दर्ता गराउनु पर्ने आयोजकले जनाएको छ ।
प्रतिस्पर्धा मापदण्ड :
– प्रतियोगी १६ देखि २४ वर्ष उमेर समूहको हुनु पर्नेछ ।
– सबै प्रतियोगीसँग २ उपकरण हुनुपर्नेछ (प्राथमिकता : ल्यापटप, मोबाइल)
– सहभागीहरूसँग नेटवर्क जडान हुनुपर्दछ र यदि क्विजमा इन्टरनेटको कारणले कुनै विच्छेद भयो भने ग्लोकल जिम्मेवार हुने छैन ।
























