गृहपृष्ठ सल्यान दुर्घटना (अपडेट) : मृत्यु हुनेको संख्या १२ पुग्यो
सल्यान दुर्घटना (अपडेट) : मृत्यु हुनेको संख्या १२ पुग्यो
सल्यानको कपुरकोटमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ । जिल्ला प्रहरी प्रमुख डीएसपी गोविन्द थापाका अनुसार मृत्यु हुनेमा १० जना पुरुष र २ जना महिला रहेका छन् । घटनास्थलमा ६ जनाको र अस्पतालमा ६ जनाको गरी १२ जनाको मृत्यु भएको हो । मृत्यु भएकाहरुको सनाखत भइ नसकेको प्रहरीले जनाएको छ ।
सल्यान सदरमुकाम खलंगाबाट दाङको तुल्सीपुरतर्फ गइरहेको ना१ख १५५२ नम्बरको बस आइतबार बिहान ११ बजेतिर कपुरकोट गाउँपालिका-५ स्थित खारखोलामा दुर्घटना भएको थियो । दुर्घटनामा कम्तीमा १८ जना घाइते भएका प्रहरीले बताएको छ ।
प्रकाशित समय : २१:४२ बजे




















