global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ राष्ट्रपति भेट्न एमाले अध्यक्ष ओली शितलनिवासमा

राष्ट्रपति भेट्न एमाले अध्यक्ष ओली शितलनिवासमा

राष्ट्रपति भेट्न एमाले अध्यक्ष ओली शितलनिवासमा

पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन् । प्रमुख प्रतिपक्षी दलका नेता ओली बालकोटबाट राष्ट्रपतिलाई भेट्न शितलनिवास पुगेका हुन् । उनीहरुबीच भेटवार्ता जारी रहेको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दिएको छ ।

सत्ताबाट बाहिरिएयता ओलीले राष्ट्रपतिसँग पटक-पटक भेटवार्ता गर्दै आएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै सर्वोच्च अदालतका न्यायाधीशहरु आन्दोलित रहेको अवस्थामा ओलीले राष्ट्रपतिलाई भेटेका हु्न् । यस्तै एमसीसी लगायतका विषयमा पनि राष्ट्रिय राजनीति विभाजित बनिरहेको अवस्थामा पूर्वप्रधानमन्त्री ओली र राष्ट्रपतिबीच भएको भेटवार्ता भएको हो ।

प्रकाशित समय : २०:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु