ढलमा खसेर कपनबाट बेपत्ता भएका बालकको शव ललितपुरमा भेटियो
वि.सं.२०७८ असोज १० आइतवार १७:३८
shares

कपनको ढलमा खसेर बेपत्ता भएका १० वर्षीय बालक उज्ज्वल विकको शव भेटिएको छ । उनको शव ललितपुरको दक्षिणी सिमाना मकवानपुर नजिकको बागमती गाउँपालिका-१, घुसेल भन्ने ठाउँमा भेटिएको हो । विक गत मंगलबार कपनस्थित ढलमा खसेर हराएका थिए ।
बागमती नदीमा भेटिएको शव प्रहरीले करिब २ घण्टा पैदल बोकेर बाटोमा ल्याउँदै गरेको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी किरण बज्रचार्यले बताइन् । उक्त शव पोस्टमार्टमपश्चात परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ । उनी परिवारका साथमा कपन साततले पाथिभरा टोलमा बस्दै आएका थिए ।

























