काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

 ‘बजाज पल्सर एभरेस्ट प्रिमियर लिग’ एनसेल फोरजीका साथ

10.37K
shares

एनसेल फोरजीका साथ देशकै सबैभन्दा ठूलो खेलकुद कार्यक्रम ‘बजाज एभरेस्ट प्रिमियर लिग (ईपीएल)’को मजा लिन सकिने भएको छ । ईपीएल भोलि असोज ९ गते शनिबारबाट शुरु हुँदै छ ।

ईपीएल जस्तो प्रत्यक्ष प्रसारण हुने खेलले ग्राहकसँग प्रत्यक्ष रूपमा जोडिने अवसर प्रदान गर्दछ । यस नयाँ संस्करणको ईपीएलमा एनसेल ‘कनेक्टेड बाई’ पार्टनरको रूपमा आबद्ध भएको छ र यसले देशमा क्रिकेटको विकासका लागि योगदान गर्ने विश्वास एनसेलले लिएको छ । आफ्नो सबैभन्दा ठूलो फोरजी सञ्जालका साथ एनसेलले ईपीएलमार्फत मानिसहरूमाझ आउटडोर खेलप्रतिको लगावलाई पुनःस्थापित गर्न मद्दत गर्ने विश्वास लिएको छ । हालको अफ्ठ्यारो समयले गर्दा धेरै मानिसहरू विभिन्न सामाजिक गतिविधिबाट अलग्गिएका छन् र यस्तो समयमा एनसेल आफ्ना ग्राहकहरुसँग डिजिटल माध्यमबाट जोडिरहन चाहन्छ । ईपीएलले लामो समयदेखि घरमै रहेका मानिसहरूका लागि ठूलो राहत ल्याएको छ । क्रिकेट पारखीले ईपीएल अब एनसेल फोरजीका साथ अनलाइनको माध्यमबाट प्रत्यक्ष हेर्न सक्नेछन् ।

क्रिकेट प्रतिभाहरूका लागि महत्त्वपूर्ण मञ्च सिर्जना गर्दै उनीहरूलाई अन्तर्राष्ट्रिय प्रतिभाहरूसँग जोड्ने उद्देश्य ईपीएलको छ । सन् २०१६ देखि सुरु भएको यो यात्रा अहिले विश्वको ठूलो क्रिकेट लिगमध्ये एक भएको छ । यो खेल विश्वका १५५ देशमा प्रसारण हुने तयारी छ र ४५ करोड जनसंख्या यो कार्यक्रमको पहुँचमा हुनेछ । ईपीएलअन्तर्गत सन् २०१७ र २०१८ मा अन्तर्राष्ट्रिय खेलाडीहरू पहिलो पटक नेपालमा क्रिकेट खेल्न आएका थिए र यो निकै सफल भएको थियो । ग्राहकसँग जोडिने र उनीहरूका अनुभव आदानप्रदान गर्न ईपीएल-एनसेल सहकार्यले सकारात्मक भूमिका खेल्ने विश्वास एनसेलको छ । छोटो समयमै गति लिन सफल ईपीएलले विश्वव्यापी रूपमा ध्यान खिच्न सफल भएको छ र नेपालका लागि यो सच्चा राजदूतको रूपमा स्थापित भएको छ । पाकिस्तानी क्रिकेट ‘लिजेन्ड’ शाहिद अफ्रिदी यो वर्ष ईपीएल खेल्न नेपाल आएका छन् ।

'नेपालको जस्तो प्राकृतिक सौन्दर्य अरू कतै नरहेको सुनेको छु र ईपीएलको नयाँ संस्करण नेपालमा खेल्न म निकै उत्साहित छु,' उनले भने । यो घरेलु लिगले शुभचिन्तक, मिडिया, क्रिकेट एसोसिएसनबाट मात्र नभएर कर्पोरेट क्षेत्रबाट पनि राम्रो साथ पाउँदै आएको छ ।