गृहपृष्ठ केएनपीको ‘रङमा दंग’ योजना सार्वजनिक
केएनपीको ‘रङमा दंग’ योजना सार्वजनिक
जापानको सर्वोत्कृष्ट हेल्थी होम पेन्ट केएनपीले दशैंको शुभ अवसर पारेर पुनः एक पटक 'रंङमा दंग' योजना नेपाली बजारमा ल्याएको छ । यस योजनाअन्तर्गत ग्राहकले केएनपी इम्प्रेसन २४ क्यारेट, माइका मार्बल र एक्सल टोटलको भ्याटसहित हरेक ६० हजारको खरिद गरी लक्की ड्र मा सहभागी हुन सक्ने कम्पनीले जनाइएको छ ।
यस योजनामा लक्की ड्रमार्फत हरेक हप्ता १ जना भाग्यसाली विजेताले २० हजार जित्न सक्नेछन् । त्यसै गरी योजना अवधिभर १ जना भाग्यसाली विजेताले ५ लाख नगद पुरस्कार जित्ने अवसर प्राप्त गर्न सक्ने पनि कम्पनीले जानकारी गराइएको छ । यसका साथै ग्राहकले हात खाली नजाने उपहारअन्तर्गत एक थान केएनपी थाली सेट प्राप्त गर्न सक्नेछन् । लक्की ड्र मा सहभागी हुनको लागि ग्राहकले KNP <space> Bill.No <space> Customer Name टाईप गरी ३४००१ मा एसएमएस गर्नुपर्नेछ ।
सन् २०१२ देखि नेपालमा आफ्नो उत्पादन गर्न सुरु गरेको केएनपी जापानले वातावरणमैत्री पेन्टलाई प्राथमिकता दिदैं हेल्थी होम पेन्ट उत्पादन गर्दै आएको छ । नेपालमा भिओसीरहित पेन्टलाई सशक्त रुपमा आत्मसाथ गर्दै अगाडि बढेको केएनपीले स्वास्थ्य जीवन र स्वच्छ वातावरणको प्रचार-प्रसार गर्दै आएको छ ।
प्रकाशित समय : १८:३९ बजे



















