गृहपृष्ठ क्रिप्टोकरेन्सीको कारोबार गरे कारबाही : राष्ट्र बैंक
क्रिप्टोकरेन्सीको कारोबार गरे कारबाही : राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकले नेपालभित्र कुनै पनि प्रकारका क्रिप्टोकरेन्सीको कारोबार नगर्न सचेत गराएको छ । केन्द्रीय बैंकले बिहीबार एक सूचना प्रकाशित गरी नेपालभित्र कुनै पनि प्रकारका क्रिप्टोकरेन्सीको कारोबार प्रयोग र माइनिङ गरिनु पूर्ण रुपमा गैरकानुनी रहेको स्पष्ट पारेको छ । विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ ले दिएको अधिकारअनुसार कुनै पनि गैरकानुनी रुपमा कारोबार नगर्न तथा नगराउन स्पष्ट पारिएको छ ।
केन्द्रीय बैंकले जारी गरेको सूचनामा भनिएको छ, 'हालका दिनमा क्रिप्टोकरेन्सीको कारोबार प्रयोग, माइनिङ जस्ता कार्यमा संलग्न हुन प्रोत्साहन गर्ने गराउनेसमेत गरेको पाइएको र त्यस्तो कार्यबाट सर्वसाधारण ठगिएको वा ठगिनसक्ने अवस्था देखिएको हुँदा कसैले पनि त्यस्तो कार्य गरे गराएको पाइएमा प्रचलित कानुनअनुसार सजाय हुने छ ।'
प्रकाशित समय : १२:४३ बजे



















