गृहपृष्ठ आजदेखि खुल्यो पशुपतिनाथ मन्दिर
आजदेखि खुल्यो पशुपतिनाथ मन्दिर
कोरोना संक्रमणका कारण बन्द भएको पशुपतिनाथ मन्दिर शुक्रबार (आज)देखि सर्वसाधारणका लागि खुला भएको छ । काेराेना महामारीका कारण वैशाखदेखि बन्द रहेको मन्दिर बिहान ६ बजेदेखि खुला गरिएको हो ।
आवश्यक सुरक्षा प्रबन्ध तथा स्वास्थ्य मापदण्ड मिलाएर मन्दिर खुला गरेको पशुपति क्षेत्र विकास कोषले जनाएकाे छ । पशुपतिनाथ अमालकोट कचहरी कार्यालयका द्वारे पूर्ण डंगाेलका अनुसार पशुपतिनाथ र गुह्येश्वरीमा पनि आवश्यक व्यवस्थापन गरिएको छ । भदौ २६ को ऋषि पञ्चमीमा पशुपतिनाथको दर्शन हुन सकोस् भन्ने चाहना पशुपति क्षेत्र विकास कोषको रहेको छ ।
प्रकाशित समय : १३:०० बजे


















