गृहपृष्ठ अस्पतालमा भेटिएको शंकास्पद वस्तु बम नभएको पुष्टि

अस्पतालमा भेटिएको शंकास्पद वस्तु बम नभएको पुष्टि

अस्पतालमा भेटिएको शंकास्पद वस्तु बम नभएको पुष्टि

काठमाडौंको सेतो पुल नजिकै मातृका आँखा अस्पतालमा भेटिएको शंकास्पद वस्तु बम नभएको पुष्टि भएको छ । 

बिहीबार अस्पतालको तेस्रो तलामा भेटिएको शंकास्पद वस्तु बम हुन सक्ने भन्दै नेपाली सेनाको डिस्पोजल टोली पुगेको थियो । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार शौचालयमा भेटिएको शंकास्पद वस्तु बम नभएको पुष्टि भएको छ ।

प्रहरीको विशेष टोली र नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गर्दा बम नभएको पाइएको हो ।

प्रकाशित समय : १९:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु