global ime bank Long Banner Ad

गृहपृष्ठ व्यावसायिक गोलभेँडा खेतीप्रति आकर्षण

व्यावसायिक गोलभेँडा खेतीप्रति आकर्षण

व्यावसायिक गोलभेँडा खेतीप्रति आकर्षण

बाँदरले अन्नबालीलाई नोक्सानी गर्न थालेसँगै त्यहाँका किसान गोलभेँडा खेतीमा आकर्षित भएका छन् । पाल्पाको रैनादेवी छहरा, रिब्दीकोट, बगनासकाली, माथागढी गाउँपालिकामा व्यावसायिकरूपमा बाँदरले नोक्सान नगर्ने तरकारी तथा फलफूल खेती सुरुआत गरिएको छ ।

पछिल्लो समय सामुदायिक वन संरक्षणले वन्यजन्तुको संख्या बढेका छन् । मानव बस्ती नजिकै लोपोन्मुख जनावर अहिले देखिन थालेको किसानको दाबी छ । बाँदर, बदेँल र दुम्सीलगायतका जनावरका कारण किसानले बाली उत्पादनमा नोक्सानी व्यहोर्दै आएका छन् । बाँदरले खेतबारीमा मात्र होइन, घरमै पसेर नोक्सानी गर्न थालेपछि आफू गोलभेँडा खेतीप्रति आकर्षित भएको रैनादेवी छहरा गाउँपालिका-५ मुझुङगका विनबहादुर दर्नालले बताए ।

पाँच/सात रोपनीमा मकैखेती गर्ने उनी अहिले व्यावसायिकरूपमा गोलभेँडा खेतीमा लागि परेका हुन् । त्यहाँका १०० भन्दा बढी दलित तथा गैरदलित समुदायका मानिस अहिले मकैखेती छाडेर गोलभेँडा खेतीप्रति आकर्षित भएका छन् । बाँदरले मकै, सिमी, गोपी, धान बालीमा क्षति गर्छ भने खुर्सानी, अदुवा, कागतीलगायतमा नोक्सानी नै गर्दैन । कोरोनाले अधिकांश युवा भारतमा रोजगारी गुमाएर घर फर्केका छन् । ती युवा पनि अहिले व्यावसायिकरूपमा गोलभेँडा खेतीमा मेहेनत गरी पैसा कमाउने योजनामा छन् । स्थानीयवासी सूर्यबहादुर दर्नालले भारतमा रोजागरी गुमाएर दुई महिनामा घर फर्केर गोलभेँडा र खुर्सानी खेतीमा लागिएको बताए ।

रैनादेवी छहरा गाउँपालिकाका प्रवक्ता विष्णु पोखरेलले बाँदरबाट प्रभावित किसानका लागि नोक्सानी नहुने अन्नबाली तथा फलफूलप्रति आकर्षित गर्ने कार्यक्रम ल्याएको बताए ।
 

प्रकाशित समय : १९:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु