global ime bank Long Banner Ad

गृहपृष्ठ सुदूरपश्चिममा थप ४३ जनामा संक्रमण

सुदूरपश्चिममा थप ४३ जनामा संक्रमण

सुदूरपश्चिममा थप ४३ जनामा संक्रमण

सुदूरपश्चिममा प्रदेशमा आज थप ४३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट प्रदेशभर ९४७ जनाको नमुना परीक्षण गर्दा ४३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

पीसीआर विधिमार्फत् गरिएको परीक्षणमा सेती प्रादेशिक अस्पतालमा २० जना, डडेल्धुरा अस्पतालमा चार, महाकाली अस्पताल र जिल्ला अस्पताल बैतडीमा एक/एक जनामा संक्रमण पुष्टि भएको हो । यस्तै एन्टीजेन विधिमार्फत् गरिएको परीक्षणमा कञ्चनपुरका ११, डडेल्धुराका तीन, बझाङका दुई र कैलालीका जनामा कोरोना संक्रमण देखिएको निर्देशनालयले जनाएको छ । 

यसैबीच गएको २४ घण्टामा संक्रमणका कारण यस प्रदेशमा एक जनाको पनि मृत्यु भएको छैन भने सोही अवधिमा प्रदेशभर सात जना संक्रमणमुक्त भएका हुन् । 

प्रकाशित समय : ०१:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु