गृहपृष्ठ १०,६१२ पीसीआर परीक्षणमा १,६४८ जनामा कोरोना संक्रमण पुष्टि, २० जनाको मृत्यु
१०,६१२ पीसीआर परीक्षणमा १,६४८ जनामा कोरोना संक्रमण पुष्टि, २० जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा १० हजार ६१२ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ६४८ र ४ हजार ३२३ एन्टिजेन परीक्षणमा ४०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर बुधबार पीसीआर र एन्टिजेन परीक्षण गरी थप २ हजार ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै बुधबार २० जनाको कोरोनाबाट मृत्यु भएको छ । बुधबार कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ हजार ३० पुगेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७१९ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा ४७१, भक्तपुरमा १४६ र ललितपुरमा १०२ जना संक्रमित भेटिएका छन् ।
प्रकाशित समय : २२:४३ बजे




















