global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ एसियन कंक्रिटोका उत्पादन अब नेपाल गुणस्तरमा 

एसियन कंक्रिटोका उत्पादन अब नेपाल गुणस्तरमा 

एसियन कंक्रिटोका उत्पादन अब नेपाल गुणस्तरमा 

युरोपियन तथा भारतीय मापदण्डअनुसार निर्माणजन्य सामग्री उत्पादन गर्दै आइरहेको एसियन कंक्रिटले अबदेखि नेपाल गुणस्तर मापदण्डअनुसार पनि उत्पादन सुरू गरेको छ । एसियन कंक्रिटले वैशाख ७ गतेदेखि नै नेपाल गुणस्तर तथा नापताैल विभागबाट नेपाल गुणस्तर चिन्ह (एनएस) पाएपछि सोही मापदण्डअनुसार विभिन्न सामग्री उत्पादन गर्दै आइरहेको कम्पनीका अध्यक्ष  मनिष रूंगाटाले बताए ।

उद्योगले हाल ३० वटा विभिन्न निर्माणजन्य सामग्री उत्पादन गर्दै आइरहेको कम्पनीका निर्देशक अनिल जाटियाले जानकारी दिए । यसमध्ये कर्बस्टोन र इन्टरलक ब्लक नेपाल गुणस्तर चिन्ह प्राप्त गर्ने पहिलो प्रडक्ट भएको जाटियाले बताए । कर्बस्टोन र इन्टरलक ब्लक सरकारले बनाउने पूर्वाधार विकासमै ८०/९० प्रतिशतसम्म खपत हुने गरेको छ । सरकारले नेपाल गुणस्तर चिन्ह प्राप्त गरेको प्रडक्ट मात्रै प्रयोग गरेमा सरकारको अर्बा रूपैयाँ वार्षिक मर्मतसम्भारबापत खर्च हुने रकम जोगिने कम्पनीका भाइस प्रेसिडेन्ट श्यामल झाले जानकारी दिए ।

‘विगतका दिनमा नेपालमा यस्ता गुणस्तरीय प्रडक्ट बनेका थिएनन् । उद्योग पनि लागिसकेका थिएनन । बाध्य भएर सरकारले गुणस्तरहीन प्रडक्ट प्रयोग गरिरहेको थियो,  झाले भने, ‘अब नेपालमै सरकारद्वारा बनाइएको मापदण्ड पालना गरेर गुणस्तरीय कर्बस्टोन तथा इन्टरलक ब्लक बन्न थालिसकेका छन् । त्यही भएर सरकारले पनि अब उपरान्त बन्ने पूर्वाधारमा एनएस प्राप्त उत्पादन लगाउनका लागि योजना अघि सार्नुपर्छ ।'

उद्योगले बनाइरकेको कर्बस्टोन सडकको छेउ किनारा तथा डिभाइडरमा प्रयोग गरिन्छ भने इन्टरलक ब्लक फूटपाथदेखि शहरी क्षेत्रका भित्री सडक बनाउन पनि सकिन्छ ।

प्रकाशित समय : २२:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु