गृहपृष्ठ आइएमई पे एपबाट क्यूआर स्क्यान गर्दा एक हजार रुपैयाँ जित्न सकिने
आइएमई पे एपबाट क्यूआर स्क्यान गर्दा एक हजार रुपैयाँ जित्न सकिने
‘एप एक क्यूआर अनेक’ भन्ने मूल नाराका साथ अब आइएमई पे एपबाट नेपालमा उपलब्ध सबै क्यूआर स्क्यान गर्दा १ हजार रूपैयाँसम्म जित्न सक्ने योजना सार्वजनिक गरिएको छ । उक्त योजना १६ भाद्र देखि १४ असोज २०७८ सम्म लागू हुने कम्पनीले जनाएको छ ।
नेपालमा उपलब्ध फोन पे, स्मार्ट क्यूआर, युनियन पे र आइएमई पे क्यूआर सेवाग्राहीहरुले सजिलै आइएमई पे एपबाट स्क्यान गरी भुक्तानी गर्न सक्ने छन् । सबै क्यूआर स्क्यान गरी भुक्तानी गर्न मिल्ने आइएमई पे विद्युतीय भुक्तानी सेवा प्रदायक एप हो । नेपालमा क्यूआर स्क्यान गरी भुक्तानी गर्ने व्यवहार बढ्दै गरेको परिप्रेक्षमा नेपाल सरकारको डिजिटल नेपाल अभियानलाई आत्मसात गरी उक्त अभियानमा सहभागी हुँदै आएको आइएमई पेको यो सेवाले डिजिटल नेपाल अभियानलाई थप बल मिल्ने विश्वास गरेको जनाएको छ ।
‘आइएमई पे’ आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित एक विद्युतीय भुक्तानी सेवा प्रदायक ब्राण्ड हो । झन्डै ३५ हजार एजेण्ट आउटलेट सञ्जाल भएको ‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवा प्रदायक उत्पादन हो ।
प्रकाशित समय : १३:४६ बजे




















