माओवादी केन्द्रमा नेकपाकै सांगठनिक ढाँचाकाे प्रस्ताव (अन्तरिम विधानसहित)
वि.सं.२०७८ साउन ३१ आइतवार १९:३९
shares

नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटीको आकार २९९ सदस्यीय रहने गरी अन्तरिम विधानमा प्रस्ताव गरिएको छ । माओवादी केन्द्रको केन्द्रीय समितिमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिव पदाधिकारी रहने छन् । अन्तरिम विधानमा साविक नेकपाकै संरचनालाई निरन्तरता दिने उल्लेख छ ।
पार्टीको जारी केन्द्रीय समितिमा प्रस्तुत गरिएको सो ५२ पृष्ठकाे अन्तरिम विधानमा केन्द्रीय समितिको बढीमा एकतिहाइ पोलिटब्युरो र पोलिटब्युरोको बढीमा एक तिहाइ सदस्य रहने स्थायी समितिको पनि प्रस्ताव गरिएको छ । पार्टीको राष्ट्रिय महाधिवेशन पाँच वर्षमा सम्पन्न गर्ने व्यवस्था अन्तरिम विधानमा गरिएको छ । विशेष परिस्थिति आइपरेकाे खण्डमा महाधिवेशन ६ महिना सार्न सकिने छ । तर, २०७५ जेठ ३ गते नेकपा गठन भई २०७७ फागुन २३ गतेसम्म कायम रहेकाले महाधिवेशनको सन्दर्भमा सो समय गणना नगरिने भएको छ ।
पार्टीको केन्द्रीय निकाय राष्ट्रिय महाधिवेशन, केन्द्रीय समिति, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखापरीक्षण आयोग, केन्द्रीय निर्वाचन आयोग, राष्ट्रिय परिषद्, केन्द्रीय सल्लाहकार परिषद्, र केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्च रहने अन्तरिम विधानमा उल्लेख छ ।
प्रस्तावित विधान :

























