काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

दैनिक दुई लाख जनालाई खोप लगाउने स्वास्थ्य राज्यमन्त्रीकाे घोषणा

14.99K
shares

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले हरेक दिन कोरोनाविरुद्धको दुई लाख खोप लगाउने घोषणा गरेका छन् । बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले खोप र नागरिकको जीवन रक्षालाई सरकारले उच्च प्राथमिकता दिएको दाबी गरे ।

सरकारले खोप आयात बढाएको उनको भनाइ छ ।  ५ करोड ५० लाख खोप आवश्यक पर्ने भन्दै उनले पूर्ववर्ती सरकारले ४२ लाख खोप उपलब्ध गराएको बताए । बुधबारसम्म ७५ लाख डोज खोप लगाइएको उनले जानकारी दिए । 'सरकारले अभियानको रुपमा दैनिक १ लाख देखि २ लाख खोप लगाउने कार्यक्रमको थालनी गरेको छ । असोज मसान्तसम्म १ करोड ८ लाख खोप प्राप्त हुने सुनिश्चत भएकाे छ,' उनले भने ।

उमेर समूह र आर्थिक गतिविधि हुने ठाउँमा छुट्टै व्यवस्थापन गरेर खोप दिइने उनको भनाइ छ । खाेपका लागि धेरै संक्रमित रहेका १५/१६ जिल्लालाई प्राथमिकतामा राखिने उनले जानकारी दिए । 'आगामी दिनमा सरकारले निजी क्षेत्रसँगको साझेदारीबाट खोप कार्यक्रमलाई अघि बढाउने छ । निजी क्षेत्रका स्वास्थ्य क्षेत्रलाई नाफाभन्दा सेवामुखी बनाउन सरकारले पहल गर्छ,' राज्यमन्त्री श्रेष्ठकाे भनाइ छ ।