Nepalese Flag २०७८ असोज ४ गते सोमबार   |   September 20, 2021

करण चौधरीद्वारा नाडाको अध्यक्ष पदको लागि उम्मेदवारी घोषणा

न्युज कारोबार काठमाडौं साउन १२, २०७८       

करण चौधरीद्वारा नाडाको अध्यक्ष पदको लागि उम्मेदवारी घोषणा

सीजी होल्डिङ्स तथा सीजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले नाडा अटोमोबाइल्स एशोसिएशनको आगामी अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका छन् । हाल उनी नाडाको  कार्यसमितिमा उपाध्यक्ष छन् ।

नाडा सातवटै प्रदेशमा विस्तार भइसकेको अवस्थामा सबै प्रदेश संरचनालाई अझै व्यवस्थित र बलियो बनाई नाडालाई संस्थागत रुपमा दरिलो रुपमा अगाडि बढाउने उद्देश्यका साथ आफूले उम्मेदवारी दिएको चौधरीले बताएका छन् । अटोमोबाइल व्यवसाय भनेको सरकारलाई सर्वाधिक कर बुझाउने एवं निजी क्षेत्रमा ठूला रोजगार प्रदान गर्ने व्यवसाय भएको हुनाले सरकार र व्यवसायी दुवैको उच्चतम हितमा काम गर्न मिल्ने सहज वातावरण बनाउन सरकारको नीतिगत रुपमा समेत अटो व्यवसायलाई सहज बनाउने आफ्नो उद्देश्य रहेको चौधरीले उल्लेख गरेका छन् ।

उनले कोरोना महामारी र लकडाउनका कारण नेपालका अटोमोबाइल व्यवसाय संकटमा परेकाले यस व्यवसायको पुनरुत्थानसँगै यस क्षेत्रमा नयाँ आकर्षण र उत्साह ल्याउन जरुरी रहेको पनि औंल्याएका छन् । हाल नाडाको अध्यक्ष कृष्णप्रसाद दुलाल रहेका छन् ।

सम्बन्धित खबरहरु