Nepalese Flag २०७८ असोज ४ गते सोमबार   |   September 20, 2021

कांग्रेसको क्रियाशील सदस्य ८ लाख ५२ हजार ७११ जना

न्युज कारोबार काठमाडौं साउन १२, २०७८       

कांग्रेसको क्रियाशील सदस्य ८ लाख ५२ हजार ७११ जना

कांग्रेसले १४औँ महाधिवेशनका लागि देशभरबाट ८ लाख ५२ हजार ७ सय ११ जना सदस्यलाई क्रियाशील सदस्यता प्रदान गरेको छ । जसमध्ये नयाँ ४ लाख ४३ हजार ६ सय ७८ जनाले क्रियाशील सदस्यता पाए भने पुराना ४ लाख ९ हजार ३३ जनाले नवीकरण गरेका छन् ।

नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले पार्टीलाई प्रतिवेदन बुझाएको छ । मंगलबार बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकमा समितिले सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको हो । १४औं महाधिवेशनका लागि विवाद भएका जिल्लाहरुको विवाद समाधान गरी र विवाद समाधान गर्न नसकिएका जिल्लाहरुको समग्र अवस्थासहित समितिले विवरण बुझाएको छ ।

सम्बन्धित खबरहरु