काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

खल्तीले ल्यायो मोबाइल टपअपमा १० प्रतिशत क्यासब्याकको अफर 

18.08K
shares

खल्तीमा दर्ता गरिएको मोबाइल नम्बर टपअपमा १० प्रतिशत क्यासब्याक पाइने अफर खल्ती डिजिटल वालेटले ल्याएको छ । खल्ती डिजिटल वालेट नेपाल राष्ट्र बैंकबाट मान्यता प्राप्त अनलाइन भुक्तानी सेवा प्रदान गर्ने कम्पनी हो ।

यो अफर टपअप सेवामा हालसम्म नेपालकै सबैभन्दा बढी प्रदान गरिएको क्यासब्याक रहेको छ । प्रयोगकर्ताको लागि रहेको यस अफरले मोबाइल टप अप गर्न पसल धाइरहनुपर्ने र रिचार्ज कार्ड स्क्र्याच गर्नपर्ने झन्झटलाई न्युनीकरण गरी ग्राहकको पैसा र समयको बचत गर्न उक्त अफर सञ्चालनमा ल्याइएको खल्तीको ब्राण्ड तथा मार्केटिङ प्रबन्धक शिरिष श्रेष्ठले बताए । एनसेल, नेपाल टेलिकम र स्मार्टको टपअपमा लागु हुने यो अफरअन्तर्गत क्यासब्याक पाउन जुन नम्बरमा आफ्नो खल्ती आइडी रहेको छ सोही नम्बर खल्तीबाट रिचार्ज गर्नपर्ने हुन्छ । साथै खल्ती केवाइसी पनि भेरीफाई भएको युजर खाता हुनपर्नेछ ।

यो योजना श्रावण ७ देखि सुरु भइ सीमित समयावधिको मात्र लागि हुनेछ । क्यासब्याक हरेक नेपाली महिनाअनुसार एक महिनाको अधिकतम १०० हुनेछ भने त्यसपश्चात् सामान्य रूपमा पाइने १ प्रतिशत क्यासब्याक उपलब्ध हुनेछ । आफ्नो बाहेक अरुको नम्बर रिचार्जमा पनि सामान्य रूपमा पाइने १ प्रतिशत क्यासब्याक उपलब्ध हुनेछ । साथै रिचार्ज गर्दा सम्पूर्ण क्यासब्याक नदेखिए पनि शर्त पूरा भएको खण्डमा भए Transaction History मा पुरै क्यासब्याक पाएको देख्न सकिने मार्केटिङ प्रबन्धक श्रेष्ठले जानकारी दिए  ।

१० प्रतिशत क्यासब्याक प्राप्त गर्न :

१. खल्ती एपको टपअप अप्सनमा गई खल्ती आइडीमा रजिस्टर गरिएको मोबाइल नम्बर र रिचार्ज गर्न चाहेको रकम दाखिला गर्ने 

२.सबै विवरण ठीक भएको निश्चित गरी 'ओके' बटनमा ट्याप गर्ने

१० प्रतिशत अफरसम्बन्धी थप शर्तहरु खल्तीको ब्लगमा गई हेर्न सकिन्छ ।

खल्ती डिजिटल वालेट

१७ लाखभन्दा बढी प्रयोगकर्ता भएको खल्तीले विगत चार वर्षभन्दा बढी समयदेखि नेपाली समाजलाई डिजिटाइज गर्न निरन्तर रुपमा योगदान पुर्‍याउदै आइरहेको छ । ’खल्ती’ वालेटको प्रयोग गरी ६० भन्दा बढी बैंक तथा वित्तीय संस्थामा पैसा पठाउन सकिन्छ । साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा टिभीको बिल भुक्तानी, फिल्म, फोहोर व्यवस्थापन शुल्क, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ ।

थप जानकारीको लागि +९७७–९८०१३०११६१ मा पूर्ण कुमार रानालाई सम्पर्क वा purna.rana@khalti.com मा ईमेल गरि बुझ्न सकिने छ ।