भिभोद्वारा नेपालमा भी २१ स्मार्टफोन सार्वजनिक
वि.सं.२०७८ साउन ५ मंगलवार २१:१८
shares

भिभोले भी २१ स्मार्टफोन आजदेखि नेपाली बजारमा ल्याएको छ । भी २१ भिभो कम्पनीले लामो समयदेखि उत्पादन गर्दै आएको भी सिरिजको अत्याधुनिक स्मार्टफोनमा पर्दछ ।
यसको क्षमता उच्चस्तरीय हुनका साथै ग्राहकको अभिरुचीअनुसारको सुपथ मूल्य निर्धारण गरिएको छ । नयाँ उत्पादित भी २१ मा आकर्षक अप्टिकल इमेज स्टेबलाइजेसन (ओआइएस) भएको फ्रन्ट क्यामेरा जडान गरिएको छ । यो स्लीक र स्लीम छ । भी २१ मा नयाँ अनुभव प्रदान गर्ने गरी आधुनिक प्रविधि समावेश गरिएको छ । भी २१ मा ४४ एमपी ओआइएस नाइट सेल्फी प्रणालीको फ्रन्ट क्यामेरा राखिएको छ । यसले आकर्षक फोटो उत्पादन गर्दछ । ४४ एमपी ओआइएसले कम प्रकाशमा राम्रो फोटो निकाल्न सक्दछ ।यसबाट प्रयोगकर्ताले राम्रो सन्तुष्टि लिन सक्नेछन् भने ६४ एमपी ओआइएस नाइट क्यामेराले उच्चस्तरको फोटोग्राफीको अनुभव प्रदान गर्दछ । ओआइएसले अल्ट्रास्टेबल भिडियो आदि तयार गर्न पनि मद्दत गर्दछ । अर्कातर्फ अतिरिक्त विशेषता भएको वाइड एंगल फोटोग्राफी र म्याक्रो फोटोग्राफी लिन सकिन्छ ।
मौलिक विशेषता भएको भी २१ ले पावर कनेक्टिभिटी र स्पीडले आधुनिक उच्च प्रविधिसँग परिचित र अतिरिक्त क्षमता खोज्ने ग्राहकलाईसमेत सन्तोष प्रदान गर्दछ । यसको विशेष प्राविधिक क्षमताले गर्दा ग्राहकले वरिपरिको वातावरण र घटनालाई आफ्नो स्मार्टफोनमा क्याप्चर गर्न सक्छन् । भी २१ को बजार प्रवेशका साथै प्रसिद्ध अभिनेता प्रदीप खड्कालाई ब्राण्ड एम्बेस्डरको रुपमा अनुबन्धित गरिएको छ । उनको अभिनय कुशलताले युवापुस्तामा विशेष प्रभाव पार्नुका साथै भिभो ब्राण्डप्रति उनीहरुको आकर्षण बढ्दै जाने र स्थानीय उपभोक्ताले पनि भिभोप्रति आत्मीयता देखाउने विश्वास कम्पनीको छ ।
भिभो नेपालका प्रमुख कार्यकारी अधिकृत मार्सले आफ्ना ग्राहकको चाहना पूरा गर्ने गरी भी २१ नयाँ उत्पादन बजारमा ल्याएको बताए । अप्टिकल इमेज स्टेबलाइजेसनको सहयोगमा उद्योगले अग्रणी भूमिका खेल्नुका साथै स्मार्टफोन फ्रन्ट क्यामेराको भविष्यमा क्षेत्र विस्तार गर्दे जाने पनि उनको भनाइ छ । यसको मौलिक फिचर डिजाइन र अतुलनीय क्षमताले जीवनपद्धतिमा प्रभाव पार्ने पनि कम्पनीले जनाएको छ । उत्कृष्ट नाइटभिजनसहितको फ्रन्ट क्यामेराले अप्टिकल इमेज स्टेवलाइजेसनको विशेषता राख्दछन् । भी २१ मा आप्नै मौलिकतासहितको ४४ एमपी क्यामेरा ओआइएस र इआइएस (इलेक्ट्रिोनीक इमेज स्टेबलाइजेसन) समेत संलग्न गरिएकोले जहिले र जहाँ पनि अल्ट्रास्टेबल सटले राम्रो र उत्कृष्टस्तरको फोटो र भिडियो खिच्न सक्दछ । उत्कृष्ट हार्डवेयर र सफ्टवेयरका कारण जुनसुकै अवस्थामा पनि उच्चगुणस्तरको भिडियो खिच्न सक्दछ ।
यसले नाइटसट, एक्सन सट र ४ के भिडियो क्याप्चर गर्दछ । यदि कुनै अवस्थामा पर्याप्त प्रकाश छैन भने पनि ४४ एमपी ओआइएस सुपर नाइट सेल्फीको मद्दतले राम्रो दृश्य निकाल्न सकिन्छ । फोटोमा नोइज नियन्त्रण गर्नका साथै सफा र उज्यालो फोटो उत्पादन गर्ने यसको विशेषता हो । एआई नाइट अल्गोरिदमले पृष्टभूमिलाई पर्याप्त प्रकाश दिनुका साथै अनावश्यक फोटोको नोइज नियन्त्रण गर्दछ । कम प्रकाशमा पनि क्यामेराको क्षमता विस्तार गरी उत्कृष्ट फोटो खिच्न सक्ने प्रविधि भी २१ म समावेश गरिएको छ । यसो गर्नमा ओएलइडी जस्तो प्रविधि जोडिएको छ । यसले फोटो र रेकर्डिङमा राम्रो परिणाम ल्याउँछ ।
भी २१ म विभिन्न विशेषता रहेका छन् र दोहोरो दृश्य भिडियो खिच्न सक्दछ । जसमा आर्ट फोटोहरु समावेश गर्न सकिन्छ । यस्ता फोटो सहजै खिच्न सक्ने क्षमता भी २१ मा छ । यो ७.२९ एमएम अल्ट्रा स्लीम डिजाइनमा प्राप्त हुनुका साथै सोफेष्टिकेसनको सन्देश दिन्छ । भी २१ ले ग्राहकको इच्छा पूरा गर्ने ७.२९ एमएम स्लीम र सोफेस्टिकेटेड भएकोले यसको माग बढ्दै जाने कम्पनीको दाबी छ । भी २१ आधुनिक प्रविधिको उत्कृष्ट नमूनाको रुपमा बजारमा आएको छ । यो स्मार्ट फोन एमटीके डाइमेन्सिटी ८०० यु प्रोसेसर मा चल्दछ भने यसमा ९० हर्जको डिस्प्ले रिफ्रेस रेट रहेको छ । भी २१ मा ३३ वाटको फ्ल्यास चार्ज उपलब्ध छ ।
भी २१ नेपालमा जुलाई २०, २०२१ बाट ४९ हजार ९९९ रूपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

























