गृहपृष्ठ दुई दिनमा सुनको मूल्य १ हजार रूपैयाँ बढ्यो
दुई दिनमा सुनको मूल्य १ हजार रूपैयाँ बढ्यो
सोमबार बढेको सुनको मूल्य मंगलबार पनि बढेको छ । सोमबार ४ सय रूपैयाँ बढेको सुनको मूल्य मंगलबार ६ सय रूपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । दुई दिनमा सुनको मूल्य एक हजार रूपैयाँ बढेको हो ।
महासंघका अनुसार सोमबार ९० हजार ४ सय रूपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार ९१ हजार रूपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै मंगलबार तेजावी सुन तोलामा ९० हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार ५ रूपैयाँ बढेको चाँदीको मूल्य मंगलबार पनि ५ रूपैयाँ नै बढेको छ । महासंघका अनुसार सोमबार १ हजार २९५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार १ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको हो ।
प्रकाशित समय : १७:०६ बजे



















