गृहपृष्ठ सिन्धुपाल्चोकको बाढीपहिरो प्रभावितलाई ‘हाम्रो परिवार राम्रो परिवार’द्वारा राहत वितरण
सिन्धुपाल्चोकको बाढीपहिरो प्रभावितलाई ‘हाम्रो परिवार राम्रो परिवार’द्वारा राहत वितरण
'हाम्रो परिवार राम्रो परिवार'ले सिन्धुपाल्चोकको बाढी पहिरो प्रभावितलाई हेलम्बुमै पुगेर राहत सामग्री वितरण गरेको छ । हाम्रो परिवार राम्रो परिवारका सचिव दिपेन्द्र खण्डको नेतृत्वमा गएको राहत वितरण टोलीले सोमबार हेलम्बु गाउँपालिका-१,२ र ३ मै पुगेर राहत बाँडेको थिए ।
उक्त क्षेत्रका वास्तबिक पीडितले आजसम्म कुनै राहत नआएको नपाएको त्यहाँका स्थानीयको भनाई छ । राहत सामग्री बोकेर हाम्रो परिवार राम्रो परिवारको टिम सोमबार बिहान सिन्धुपाल्चोकको हेलम्बु लागेका थिए । खाद्य, स्वास्थ्य तथा बासका राहत बोकेर हेलम्बु पुगेको यो पहिलो टोली थियो । सिन्धुपाल्चोकका बाढी-पहिरो पीडितलाई सहयोग गर्न सरकारले तदारुकता नदेखाइरहेका बेला उनीहरू राहत बाँड्न तत्पर भएका हुन् । राहत ग्रहण गर्दै वडाअध्यक्ष छिरिङ ग्याल्पो लामाले आजसम्म पनि राहत नआएकोमा पहिलो राहत हाम्रो परिवार राम्रो परिवारले ल्याएको बताए ।
जिल्ला समन्वय समितिकी सदस्य बिमला भण्डारीका अनुसार यो वडामा पूर्ण रुपमा १ सय ५० घर प्रभावित भएको जानकारी गराइन् ।
प्रकाशित समय : १७:२७ बजे


















