global ime bank Long Banner Ad

गृहपृष्ठ उपत्यकामा निषेधाज्ञा : आजदेखि निजी सवारीमा जोरविजोर, व्यवसाय आलोपालोमा सञ्चालन

उपत्यकामा निषेधाज्ञा : आजदेखि निजी सवारीमा जोरविजोर, व्यवसाय आलोपालोमा सञ्चालन

उपत्यकामा निषेधाज्ञा : आजदेखि निजी सवारीमा जोरविजोर, व्यवसाय आलोपालोमा सञ्चालन

कोरोना भाइरस संक्रमणको फैलिएको भन्दै काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञा आजदेखि केही खुकुलो भएको छ । उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारीहरुको आइतबार सम्पन्न बैठकले केही खुकुलो बनाउँदै निषेधाज्ञा एक हप्ता निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो । 

निषेधाज्ञाको नयाँ चरणमा साना सवारीसाधान (कार जीप, भ्यानमा बढीमा चार जना) ट्याक्सीमा तीन जना र मोटरसाइकल, स्कुटरमा जोरविजोर प्रणाली लागू गरी सञ्चालन गर्न पाइनेछ । त्यस्तै व्ययवसायसमेत आलोपालो गरी सञ्चालन हुनेछ । सपिङ मल, खेलकुद, सामग्री, पसल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिफ्टका पसल, टेलरिङ सोमबार, बुधबार र शुक्रबार बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन गर्न सकिने छ ।

सुन पसल, भाँडा, भान्साजन्य, विद्युतीय, घरायसी सामाग्री, अटोमोबाइल, शोरुम अटोमोवाइल पार्टस् पसल, इलेक्टोनिक्स पसल आइतबार मंगलबार र बिहिबार बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म खोल्न पाइनेछ । बढी भिडभाड हुने सबै क्षेत्रमा भने निषेधाज्ञा कायमै रहेको छ । फुटपाथ र खुला ठाउँमा हुने व्यापार, होटल तथा पार्टी प्यालसेमा हुने विवाह, ब्रतबन्धलाई पनि रोक लगाइएको छ । 

प्रकाशित समय : १५:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु