गृहपृष्ठ युरोकपमा डेनमार्कद्वारा रुसलाई ४-१ गोलले पराजित
युरोकपमा डेनमार्कद्वारा रुसलाई ४-१ गोलले पराजित
युरोकप फुटबलअन्तर्गत सोमबार राति भएको खेलमा डेनमार्कले रुसलाई ४-१ गोलले पराजित गरेको छ । समूह चरणको अन्तिम खेलमा रुसलाई पराजित गर्दै डेनमार्कले अन्तिम १६ मा स्थान पक्का गरेको हो । यसअघिका दुई खेलमा पराजित भए पनि रुसमाथि फराकिलो अन्तरको जित निकालेका कारण डेनमार्क समूहको दोस्रो स्थानमा रहेर अन्तिम १६ मा पुगेको हो ।
नकआउट चरणमा डेनमार्कले वेल्ससँग प्रतिस्पर्धा गर्नेछ । डेनमार्कका लागि ३८औँ मिनेटमा मिकेल डेम्सगार्ड, ५९औँ मिनेटमा युसुफ पोउल्सन, ७९ औँ मिनेटमा आन्ड्रेस क्रिष्टियन्सन र ८२ औँ मिनेटमा योआकिमले गोल गरेका हुन् । रुसका लागि ७०औँ मिनेटमा पाएको पेनाल्टीमा अर्तेम ड्ज्युबाले एक गोल फर्काए ।
प्रकाशित समय : १४:१४ बजे



















