गृहपृष्ठ कर्णालीमा २४ हजारले जिते कोरोना
कर्णालीमा २४ हजारले जिते कोरोना
कर्णाली प्रदेशमा २४ हजारले कोरोनाभाइरस (कोभिड- १९)को संक्रमणलाई जितेका छन् । प्रदेशभरका २४ हजार ३ सय ४३ संक्रमितले भाइरसको संक्रमण जितेका हुन् । सोमबार मात्रै प्रदेशभर ३ सय ९२ जना कोरोनामुक्त भएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जानकारी दिएको छ ।
थप १ सय ८ जनामा कोरोना भाइरसको संक्रमण भए पनि कर्णाली प्रदेशभर सक्रिय संक्रमितको संख्या १ हजार ५ सय ८२ पुगेको छ । आरटी-पीसीआर विधिबाट गरिएको परीक्षणमा ३८ जना र रेपिड-एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५० जनालाई कोरोना पुष्टि भएको हो । हालसम्म कर्णाली प्रदेशभर कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या २७ हजार ४ सय २१ पुगेको छ ।
सोमबार थप एकजनाले कोरोना भाइरसका कारण ज्यान गुमाएसँगै हालसम्म कर्णालीमा भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३ सय पुगेको निर्देशनालयको तथ्यांक रहेको छ ।
प्रकाशित समय : ०१:५९ बजे



















