global ime bank Long Banner Ad

गृहपृष्ठ चोरिएका ११ मूर्तिसहित दुई पक्राउ

चोरिएका ११ मूर्तिसहित दुई पक्राउ

चोरिएका ११ मूर्तिसहित दुई पक्राउ

काठमाडौँको गोकर्णेश्वर नगरपालिका- ४ कृष्ण मन्दिरबाट चोरी भएका ११ थान मूर्तिसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका- ७, दक्षिणढोका बस्ने ओखलढुंगाको लिखु गाउँपालिका- ९ का ४२ वर्षीय अंकित घिमिरे र गोकर्णेश्वर नगरपालिका- ८, बालुवाखानी बस्ने सर्लाही रामनगर गाउँपालिका- ६ का ४६ वर्षीय रुपनायाण शाह रहेका छन् ।

उक्त मन्दिरबाट गत जेठ २३ गते मूर्ति चोरी भएको थियो । प्रहरीमा प्राप्त सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त बौद्ध र महानगरीय प्रहरी प्रभाग गोकर्णबाट खटिएको प्रहरीले उनलाई मूर्तिसहित गएराति पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यसैबीच काठमाडौँ महानगरपालिका- ६, कपनबाट साेमबार एक किलो अवैध लागूऔषध गाँजासहित दुई किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध गाँजा सेवन तथा बिक्री गर्ने गरेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले प्लाष्टिकमा पोका पारी राखिएको अवस्थामा उक्त गाँजा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रकाशित समय : ०१:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु