गृहपृष्ठ १५ एसएसपीको सरुवा, को कहाँ ?
१५ एसएसपीको सरुवा, को कहाँ ?
गृह मन्त्रालयले नेपाल प्रहरीका १५ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा गरेको छ । गृहमन्त्रीस्तरीय निर्णयबाट सोमबार एसएसपीको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।बागमती प्रदेश प्रहरी कार्यलय हेटौंडाका एसएसपी टेकबहादुर तामाङलाई प्रदेश १ तालिम केन्द्र विराटनगर सरुवा गरिएकाे छ ।
एसएसपी मीरा चौधरीलाई पनि साेही स्थान सरुवा गरिएकाे छ । यस्तै, नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालका एसएसपी किशाेरकुमार दाहाललाई नेपाल प्रहरी प्रदेश कार्यालय पर्सा, विरगञ्ज सरुवा गरिएकाे छ । उमाशंकर पन्जियारलाई पनि विरगञ्ज सरुवा गरिएकाे छ । श्यामलाल ज्ञवालीलाई प्रदेश कार्यालय काभ्रेपलाञ्चोक, बनेपा सरुवा गरिएकाे छ ।
सरूवा सूची :
प्रकाशित समय : ००:३९ बजे



















