काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सुनको मूल्य एकै दिन १५०० रूपैयाँ घट्यो

24.3K
shares

साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार ४ सय रूपैयाँ बढेको सुनको मूल्य शुक्रबार १ हजार ५ सय रूपैयाँले घटेको हो ।

आज छापावाल सुन तोलामा ९३ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन तोलामा ९४ हजार ९ सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै बिहीबार ९४ हजार ४ सय रूपैयाँ कायम गरिएको तेजावी सुनको मूल्य आज ९२ हजार ९ सय रूपैयाँ तोकिएको छ ।

शुक्रबार चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार बिहीबार १ हजार ३७५ रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ३५ रूपैयाँ घटेर १ हजार ३४० रूपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदीको मूल्य १० रूपैयाँ बढेको थियो ।