बाघको छालासहित एकजना पक्राउ
वि.सं.२०७८ जेठ १९ बुधवार १८:२५
shares

अछाममा बाघको छालासहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कमलबजार नगरपालिका- ८, ढाकु बस्ने ५० वर्षीय विष्णुबहादुर विष्ट रहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय कमलबजारबाट खटिएको प्रहरीले एकथान बाघको छालासहित उनलाई नियन्त्रणमा लिएको जनाइएको हाे । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

























