nmb bank

गृहपृष्ठ सुदूरपश्चिममा मन्त्री मण्डल हेरफेर : पाँच मन्त्री र चार राज्यमन्त्रीले लिए सपथ

सुदूरपश्चिममा मन्त्री मण्डल हेरफेर : पाँच मन्त्री र चार राज्यमन्त्रीले लिए सपथ

सुदूरपश्चिममा मन्त्री मण्डल हेरफेर : पाँच मन्त्री र चार राज्यमन्त्रीले लिए सपथ

सुदूरपश्चिम सरकार पुनर्गठन भएको छ । प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले शुक्रबार सरकार पुनर्गठन गरेका हुन् । शुक्रबार एक कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख गंगाप्रसाद यादवले भौतिक पूर्वाधार विकास मन्त्रीमा दीर्घ सोडारी, आर्थिक मामिला तथा योजना मन्त्रीमा प्रकाश शाह, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा मानबहादुर धामी, सामाजिक विकास मन्त्रीमा लालबहादुर खड्का र आन्तरिक मामिला तथा कानुन मन्त्रीमा पूर्णा जोशीलाई शपथ ग्रहण गराएका हुन् ।

त्यस्तै, सामाजिक विकास राज्य मन्त्रीमा मना साउँद, भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा चुनकुमारी चौधरी, भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा मानबहादुर सुनार र आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा अर्चना गहतराजलाई प्रदेश प्रमुख यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली पक्ष मात्र रहेको स्थायी कमिटीले प्रदेश सरकारलाई समर्थन फिर्ता लिन निर्देशन दिए पनि प्रदेशसभा संसदीय दलले समर्थन कायमै राख्ने निर्णय गरेको थियो ।

यसलाई लिएर विवाद भइरहेका बेला सरकारमा भएका तीन मन्त्रीले शुक्रबार दिउँसो राजीनामा दिएका थिए । आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाह, सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले पनि राजीनामा दिएका हुन् ।

प्रकाशित समय : ०१:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु