प्रचण्डले बोलाए स्थायी समिति बैठक
वि.सं.२०७८ वैशाख ३० बिहीवार २२:४०
shares

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेलगत्तै पार्टी स्थायी समिति बैठक बोलाएका छन् । बैठक आज साँझ ५ बजे पार्टी कार्यालयमा बस्न लागेकाे हाे ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको समय सीमा घर्किँदै गर्दा प्रचण्डले स्थायी समिति बैठक बोलाएका हुन् । माओवादी केन्द्र केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले बैठक बोलाएको पुष्टि गरे । उनले भने, ‘तत्काल बस्नुपर्ने भएकाले अनौपचारिक बैठक भनिएको छ ।’

























