global ime bank Long Banner Ad

गृहपृष्ठ स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका सुनिश्चिततामा प्रधानन्यायाधीशको प्रतिबद्धता

स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका सुनिश्चिततामा प्रधानन्यायाधीशको प्रतिबद्धता

स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका सुनिश्चिततामा प्रधानन्यायाधीशको प्रतिबद्धता

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नेपालको संविधानले प्रत्याभूत गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा विधिको शासनको सुनिश्चितता गर्दै सहज पहुँच युक्त न्याय प्रणालीको स्थापना र विकासमा आफ्नो प्रतिबद्धता व्यक्त गरेका छन् ।

कानुन दिवस, २०७८ का अवसरमा आज शुभकामना सन्देश दिँदै राणाले भने, ‘न्यायपालिकाको नेतृत्वको हैसियतबाट नेपालको संविधानले प्रत्याभूत गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा विधिको शासनको सुनिश्चितता गर्दै सहज पहुँचयुक्त न्याय प्रणालीको स्थापना र विकासमा आफ्नो स्पष्ट प्रतिबद्धतासमेत व्यक्त गर्दछु ।’

उनले यस दिवसले न्याय, समानता र विधिको शासनको प्रत्याभूतिका लागि क्रियाशील रहन सबैमा थप हौसला र प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे । यो दिवस कानुन र न्याय क्षेत्रका लागि मात्र नभई सबै क्षेत्र र नागरिकको तहसम्म पनि त्यत्तिकै महत्वपूर्ण भएकाले यसलाई राष्ट्रिय पर्वकै रुपमा मनाउन प्रधानन्यायाधीश राणाले आग्रह गरे । 

प्रकाशित समय : १५:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु