global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ नेपाल सुपर लिग : ललितपुर प्लेअफमा

नेपाल सुपर लिग : ललितपुर प्लेअफमा

नेपाल सुपर लिग : ललितपुर प्लेअफमा

ललितपुर सिटी एफसी पहिलो संस्करणको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को प्लेअफमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा १० खेलाडीमा सीमित विराटनगर सिटी एफसीलाई ४-० गोल अन्तरले पराजित गर्दै ललितपुरले प्लेअफमा स्थान सुरक्षित गरेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ललितपुरलाई जित दिलाउन कप्तान अञ्जान बिष्टले दुई गोल गरे । विमल राना र नुर्लान जाहिदको नाममा एक गोल रह्यो । ललितपुरले दोस्रो गोल गरेपछि खेल तनावग्रस्त बन्यो । रेफ्रीको निर्णयमा असन्तुष्ट प्रकट गर्दै विराटनगरका अफिसियलले निर्देशन दिएपछि खेलाडी केहीबेर मैदानबाट बाहिरिएका थिए ।

खेलको ८५औँ मिनेटमा रञ्जित धिमालको स्थानमा मैदान छिरेका विजय धिमाल दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए । त्यसपछि खेलको इन्जुरी समयको छैटौं मिनेटमा नुर्लानले गोल गर्दै ललितपुरलाई सहज जित दिलाए ।

जितसँगै ललितपुरले ६ खेलमा ९ अंक जोडेको छ । ललितपुर लिगको तेस्रो स्थानमा समेत उक्लिएको छ । विराटनगरले ६ खेलमा ७ अंक जोड्यो । विराटनगर पाँचौं स्थानमा रहेको छ ।

प्रकाशित समय : ००:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु