गृहपृष्ठ ८२८७ जना संक्रमित थपिए, थप ५३ जनाको मृत्यु
८२८७ जना संक्रमित थपिए, थप ५३ जनाको मृत्यु
नेपालमा थप ८ हजार ४१८ जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टाको अवधिमा देशभर गरिएको पीसीआर परीक्षणबाट ८ हजार २८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । गत २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरी १७ हजार ३१५ जनाको आरटी-पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो ।
यस्तै, देशका विभिन्न ठाउँमा ८९८ जनाको एन्टिजेन परीक्षण गर्दा ११ जनामा कोरोना भाइरस संक्रमणको संकेत (एन्टिजेनट पोजेटिभ) देखिएको स्वास्थ्य तथा मन्त्रालयले जनाएकाे छ । पछिल्लो २४ घण्टाको अवधिमा कोरोना भाइरसको संक्रमणबाट देशभर ५३ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म कोरोना संक्रमणबाट देशभर मृत्यु हुनेको संख्या ३ हजार ६३२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थपिएका संक्रमितसमेत गरी नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ३ लाख ८५ हजार ८९० पुगेको छ । जसमध्येका २ लाख ९८ हजार ७६५ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त (निको) भइसकेका छन् भने देशभर हाल ८३ हजार ४९३ जना सक्रिय संक्रमित छन् ।
पछिल्लो २४ घण्टाको अवधिमा ३ हजार ३७० जना संक्रमित संक्रमणमुक्त (निको) भएकाे मन्त्रालयकाे तथ्यांकमा उल्लेख छ ।
प्रकाशित समय : २३:२४ बजे




















