गृहपृष्ठ टिकटक बनाउने क्रममा भिरबाट लडेर मृत्यु
टिकटक बनाउने क्रममा भिरबाट लडेर मृत्यु
कटारी नगरपालिका- ११, हर्देनी भिरमा टिकटक बनाउने क्रममा लडेर शुक्रबार बिहान एक युवककाे मृत्यु भएको छ । सुनसरीकाे धरान उपमहानगरपालिका- ५ बस्ने १८ वर्षीय सुभास परियारको मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।
प्रहरीका अनुसार लडेर गम्भीर घाइते भएका उनको उपचारका लागि कटारी अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । धरानबाट ओखलढुंगातर्फ जादै गरेको ना.१ ज ३३७० नम्बरको सुमो बाटोमा बिग्रिएपछि सुमोमा सवार सुभासले उक्त भिरमा टिकटक बनाउने क्रममा लडेको बताइएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।
प्रकाशित समय : २३:१४ बजे