global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ १९ जना सांसदलाई कोरोना संक्रमण

१९ जना सांसदलाई कोरोना संक्रमण

वैशाख २२,२३ र २४ गते गरिएको पीसीआर परीक्षणको रिपोर्टमा १९ जना सांसदलाई काेराेना संक्रमण पुष्टि भएकाे छ । प्रतिनिधिसभाका १८ र राष्ट्रियसभाका एक जना सांसदमा कोरोना संक्रमण पुष्टि भएको हाे ।

संघीय सांसद, संसद सचिवालयका कर्मचारी तथा संसदीय मामिला पत्रकारलगायत १ हजार २३५ जनाको पीसीआर परीक्षण गर्दा १६० जनामा पोजेटिभ देखिएको हो । कोरोना संक्रमण देखिएका अन्य १४१ जना संघीय संसद सचिवालयका कर्मचारी, मर्यादापालक, स्वकीय सचिव, सुरक्षाकर्मी, संसदीय मामिला पत्रकार तथा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (आईसीसी)का कर्मचारी रहेको संसद सचिवालयले जनाएको छ ।

प्रकाशित समय : २२:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु